logo
२१ भदौ २०८३, आइतवार Line
Menu
२९ माघ २०८१, मङ्गलवार 156 पटक पढिएको

कालिज फार्ममा पसेको चितुवा काठमाडौं लगियो

$article->title

कालिज फार्ममा चितुवा छिरेपछि गाउँलेहरू त्रसित भएका थिए । चितुवा फार्ममा छिर्ने बित्तिकै त्यसका सञ्चालक नीरज खड्काले माथिल्लो भागको कालिज फार्मको ढोका खोलिदिए पछि चितुवा खुल्ला ठाउँ देखेर माथिल्लो पट्टिको भागमा छिर्ने बित्तिकै त्यो ढोका बन्द गरिदिएकाले चितुवा बन्धक बनेको थियो भने कालिज उडेर जोगिएका थिए । 

कालिज फार्म भित्र बन्धक बनेको चितुवालाई सोमवार काठमाडौँबाट गएको वन विभागको प्राविधिक सहितको टोलीले लट्याएर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिने क्रममा चितुवा सामान्य घाइते भएको छ । उसको आँखा र शरीरका केही भागमा सामान्य चोट लागेको अध्यक्ष श्रेष्ठले बताए । चितुवालाई सोमवार साँझ काठमाडौँ लगिएको छ ।